धरान ः सप्तकोसी नदीको जलसतह बढ्दै गए पछि अहिले कोसी ब्यारेजमा तीन लाख ६८ हजार ६सय ८० (३,६८,६८०) क्युसेक जलसतह मापन गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए । पानीको बहाव आइतबार अत्याधिक बढेको कारण सबै ढोका खोलिएको उनले बताए ।
अहिले कोशी ब्यारेजको ५६ वटा ढोका खोलिएका छन् । पानीको बहाव बढेसंगै निरन्तर अनुगमन गरिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । आफूहरूले अहिले बाढी पहिरोमा केन्द्रित रहेकाले भारतीय पक्षसंग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
पानीको बहाव निरन्तर बढ्न थालेपछि कोशीको पुलमा रातो बत्ति बालिएको छ । सप्तकोसी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र केही बढ्दो क्रममा रहेकोले उदयपुर ,सुनसरी र सप्तकोसीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने होचा भू भागमा रहेका बासिन्दाहरुलाई उच्च सतर्कताका साथ सुरक्षित रहन मापन केन्द्रले अनुरोध गरेको छ ।