धरानमा आगलागी, १८ लाख क्षति,




धरान ः धरान उपमहानगरपालिका १२ स्थित २२ गते शनिबार बेलुका आगलागी हुदा १८ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए ।
धरान १२ स्थित सुरेश हलुवाईको घरमा विद्युत सर्ट भएर मणिकुमार परियारले सञ्चालन गर्दै आएका मेसिनरी पसल इलेक्ट्रिक, एसी, फ्रिज लगायतका सामग्री बनाउने पसलमा आगलागी भएको हो । इलेक्ट्रोनिक सामान बनाउने ठाउँबाट आगलागी सुरु भएको घरको दुई तला माथिसम्म घर भित्रको सामानहरु केही जलेर क्षती भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
पसलको सामानहरु सबै जलेर नष्ट भएको छ र माथिल्लो तला घर भित्रको केही सामानहरु जलेकोे छ । अनुसन्धान हुदैछ थप बाकी विवरणहरु आउन बाकी रहेको उनले बताए ।