भारतको कोइलाखानीमा चार जना नेपालीलाई घाँटी रेटेर हत्या




धरान ः धरानको एक र भोजपुरका सहित भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर बिभत्स हत्या भएको छ ।
मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या गरिएको छ । मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा घटना भएको हो, मारिने ४ जना धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ । पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ ।४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । तर कोको मारिए भन्ने परिचय अहिलेसम्म खुल्न सकेको छैन । भारतीय सन्चारमाध्यमले जनाए अनुसार इलामको पनि रहेको जनाइएको छ ,यस घटनाबारे दिल्ली स्थित नेपाली दूतावासलाई जानकारी गराइएको बताइएको छ ।