धनकुटा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकाे धनकुटा जिल्ला तदर्थ समिति नारायण बिककाे संयाेजकत्वमा गठन भएकाे छ ।

गत श्रावण १२ गते शनिबार कोशि प्रदेश समितिको आयोजनामा नुनथला भिलेज एन्ड रिसोर्ट महालक्ष्मी ९, धनकुटाकाे सभाहलमा प्रतिष्ठानका काेशि प्रदेश संयाेजक राेम घिमिरेको अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको हो ।
उक्त भेलाबाट जिल्ला तदर्थ समिति धनकुटाको सह- संयोजकमा खगेन्द्र तामाङ , सदस्य सचिव चन्द्र बहादुर थापा, आर्थिक संयोजक तुलसा मादेन, र सदस्यहरुमा गौरब नारायण राई, दीपक गुरुङ्ग, दीपक काफ्ले, सन्ध्या लिम्बु, कोपिला ओझा लगायत चयन भएका छन् ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष तथा लाेकप्रिय गायिका रिता थापा मगरकाे प्रमुख आतिथ्यता, प्रशासनिक उपाध्यक्ष गायक दिपक खड्का र सह-काेषाध्यक्ष जुना श्रीस मगरकाे विशेष आतिथ्यता साथै केन्द्रीय सदस्य रमेश आचार्यकाे आतिथ्यता रहेकाे थियो।
कार्यक्रममा प्रदेश समितिकी आर्थिक संयाेजक टीका बस्नेतले स्वागत गर्नुभएकाे थियाे भने स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रमकाे समेत आयाेजना गरिएको थियाे ।


 
                                                                     
                
 
                     
                     
                     
                     
                     
                     
                    