जसपा दमक नगर समितिको रुपान्तरण सम्पन्न: अध्यक्षमा चाम्लिङ- Drishya Online



श्रावण १८, दमक। जनता समाजवादी पार्टी ‘जसपा’ दमक नगर समितिको रुपान्तरण सम्पन्न भएको छ ।

शुक्रबार दमक स्थित होटल सजेसनको सभाहलमा अयोजित नगर स्तरीय भेला द्वारा रुपान्तरण भएको पार्टीका नि-वर्तमान अध्यक्ष दिपेन बाला राईले बताए । रूपान्तरित समितिको अध्यक्षमा महेन्द्र चाम्लिङ चयन भएका छन् । त्यस्तै समितिको उपाध्यक्षमा लाल बहादुर राई र दिपा राई, सचीवमा हरि कुमार राई, सह-सचिवमा सोनि राई र जय तामाङ, कोष अध्यक्षमा कन्चन शेर्मा चयन भएका छ्न् ।

समितिको सदस्यहरुमा सुस्मिता राई, जित बहादुर राई, पुर्ण कुमार मगर, राम चन्द्र राई, हर्क बहादुर कुमाल , राम बहादुर राई, कविराज राई, अरुण राई, भवानी शंकर राई, बिनिता लिम्बु , उमेष राई र सन्जिव राई गरि १९ सदस्यीय समिति रहेको छ ।

कार्यक्रममा जसपा केन्द्रिय राजनीतिक समिति सदस्य तथा पुर्व प्रदेश सांसद आर सि तुम्बाले प्रमुख् आतिथ्यता गरेका थिए भने प्रदेश सदस्य गौरिमान राई, झापा जिल्ला अध्यक्ष समर कुमार राई, उपाध्यक्ष ज्ञानेन्द्र कुरुम्बाङ, निवर्तमान जिल्ला अध्यक्ष दिपेन बाला राई, जिल्ला कार्यकारिणी सदस्य अमला राई लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा अतिथिहरुले मन्तव्य द्वारा रूपान्तरित समितिलाई शुभकामना व्यक्त गर्दै वर्तमान पार्टीको अवस्था र रणनीति बारे समेत प्रस्ट्याएका थिए। नगर अध्यक्ष महेन्द्र चाम्लिङको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन सचिव हरि कुमार राईले गरेका थिए ।