बिर्तामोड। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालले झापा जिल्ला समिति गठन गरेको छ ।

सोमबार झापाको बिर्तामोडमा आयोजित भेला बाट टंक ढकालको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापा जिल्ला तदर्थ समिति गठन भएको हो।

बिर्तामोड रहेको आदर्श बेङ्कुइट्को सभाहलमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष गायिका रिता थापा मगरको प्रमुख आतिथ्यतामा झापा जिल्ला तदर्थ समिति गठन भएको हो।

नवगठित प्रतिष्ठानको सहसंयोजकमा राजु गिरी चयन भएका छन् त्यस्तै गुमान सिंह तामाङ सदस्य सचिवमा र कमला नेमाङ आर्थिक संयोजकमा चयन भएका छन्। त्यसैगरी जिल्ला सदस्यहरूमा राम बिष्ट, शिव नेपाल, सुमन मोते, सुवास सुवेदी, निरज पोखरेल अपेक्षा तामाङ ,भीमप्रसाद न्यौपाने, ओम कडेल अम्बिकाप्रसाद फुयाल, सन्तोष आले मगर, रोहित नेपाल र ज्ञान सुब्बा चयन भएका छन्।

प्रतिष्ठानको कोशी प्रदेश तदर्थ समिति द्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका प्रशासकीय उपाध्यक्ष गायक दीपक खड्का, सह कोषाध्यक्ष गायिका जुनाश्रीस मगर केन्द्रीय उपाध्यक्ष कृष्ण रेउलेको विशेष आतिथ्यता एवं केन्द्रीय सदस्य रमेश आचार्य र रोयल्टी संकलन समाज कोशी प्रदेशका संयोजक गौरीमान राईको आतिथ्यता रहेको थियो।

कोशी प्रदेश तदर्थ समितिका संयोजक रोम घिमिरेको अध्यक्षता संचालित कार्यक्रममा कोशी प्रदेश तदर्थ समितिका सदस्य शकुन्तला कार्कीले स्वागत गरेकि थिइन भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोशी प्रदेश सदस्य तथा सञ्चारकर्मी निश्चल आचार्यले गरेका थिए ।



 
                                                                     
                
 
                     
                     
                     
                     
                     
                     
                    