अजेन्द्र वाईबा तामाङ
श्रावण २४, पाँचथर। जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका २ मा रहेको श्री आदर्श आधारभुत विद्यालयका विद्यार्थीहारुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
बिहीवार नेपाल प्रहरी श्रीमति संघकाे ४० औं वार्सिक उत्सवकाे अवसरमा उक्त विद्यालयमा अध्यायनरत अनाथ, असाहय र विभिन्न वर्गमा रहि शिक्षाककाे पहुँचबाट पिछडिएका बालबालिकाहरुलाई लक्षित गरि शैक्षिक सामाग्री तथा खाद्यान्न समेत वितरण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव निरीक्षक हेमन्त भन्डारी क्षेत्रीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीकाे अध्यक्षतामा आयोजित वितरण कार्यक्रममा श्री आदर्श आधारभुत विद्यालयका संयाेजक गंगा ईवा, समाजसेवि कमल थपलिया, स्थानीय बुद्धिजीवी तथा अविभाकहरुको उपस्तिथि रहेको थियो ।