ः सुनसरी हरिनगर गाउँपालिका २ बाट बिहिबार बेलुका ९ः२० बजे २ सय २० केजी गाजासहित स्कारपियो गाडी बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भुटाहाबाट सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउतको कमाण्डमा खटिएको २ जनाको मोटरसाईकल गस्ती टोली र प्रहरी चौकी भुटाहाबाट खटिएका प्रहरी नायव निरीक्षक पर्वत रायमाझीको कमाण्डमा खटिएको २ जनाको संयुक्त टोलीले गाजा र स्कारपियो गाडी बरामाद गरेको शसस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ ।
भुटाहाको भित्री सडक खण्डको नर्कटिया भुटाहाबाट घुस्कीतर्फ जादैँ गरेको बि.आर ११ टि १६०० नम्बरको भारतीय स्कारपियो गाडी अन्दाजी ४ सय मिटर पर छाडी चालक भागेपछि चेकजाँचका क्रममा गाडीभित्र कालो प्लाष्टिकमा राखिएको गाजासहित गाडी नियन्त्रणमा लिइएको हेडक्वाटर सुनसरीले जनाएको छ ।
स्कारपियो गाडी र गाजा आवश्यक कारबाहिको लागि प्रहरी चौकी भुटाहा सुनसरी बुझाइएको शसस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ ।