विपन्न परिवारलाई खाद्यान्न वितरण- Drishya Online



अजेन्द्र वाईबा तामाङ
असोज ३, पाँचथर । पाँचथरको फिदिम नगरपालिका- ४ निवासी देविमाया परियारलाई पाँचथर मानव सेवा समाजले खाद्यान्न वितरण गरेको छ।


नाजुक आर्थिक र विपन्नताका कारण कष्टकर जीवन बिताईरहेकि गढि टोलकी ६२ वर्षिय एकल महिला देविमाया परियारलाई ८० केजि चामल र खाने तेल प्रदान गरिएको समाजका अध्यक्ष गाेपाल तिम्सिनाले बताए ।


परियारको घरमै पुगेर समाजले स्थानिय वुद्धजिवि तथा युवाहरुको उपस्थितिम खाद्यान्न हस्तान्तरण गरिएको थियो ।


परियारले खाद्यान्न पाएपछि हर्षित हुँदै पाँचथर मानव सेवा समाज परिवारलाई धन्यवाद ब्यक्त गरेका थिए ।
उक्त खाद्यान्न वितरण कार्यक्रमलाई सहजिकरण तथा संचालन शंकर थापाले गरेका थिए।