प्रहरीद्वारा २४८ किलो गाजा बरामद




सुनसरीको बराहक्षेत्र नगरपालिका- ६ स्थित सप्तकोशी नदीबाट २४८ केजि अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले सप्तकोशी नदीबाट मंगलबार बिहान गाजा बरामद गरेको हो !
उक्त गाजा ३ वटा ट्यूव माथी आठ बोरा गाँजा कोशी नदिमा बग्दै गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । बरामद भएको गाँजा सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यलय बिराटनगरले जनाएको छ ।