जसपा धनकुटको अध्यक्षमा मनकला: Drishya Online



धनकुटा। जनता समाजवादी पार्टी ( जसपा) धनकुटा जिल्ला समितिको अध्यक्षमा युवा नेत्री मनकला लोङ्वा लिम्बू निर्वाचित भएकी छिन् ।

शनिबार धनकुटा बजारको होटल फ्यासिफिकमा आयोजित जिल्ला स्तरीय भेला तथा पुनर्गठन घोषणा कार्यक्रम मार्फत लोङ्वाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्माण भएको हो।

समितिको उपाध्यक्षमा हरिभक्त घिसिङ र बिना थापा चयन भएका छन् । त्यस्तै सचीवमा गिता केसि, सह-सचीवमा नन्दिता ब्लोन र कोष अध्यक्षमा शान्ति तामाङ चयन भएकि छिन् ।

समितिको सदस्यहरुमा माला तुम्बा, डम्बर तामाङ, गजेन्द्र राना मगर, इद्र भन्डारी, कृष्ण तुम्बा, निशान किराति, हरिचन्द्र तुम्बा, शुशिला तामाङ, शान्ति तितुङ, सम्झना राई र शान्ति राई चयन भाएका छ्न् ।

साथै उक्त कार्यक्रम मार्फत जनता समाजवादी पार्टिको भातृ संगठन समाजवादी युवा संघ तथा समाजवादी महिला संघ धनकुटा जिल्ला समिति समेत गठन भएको छ ।

याम लिम्बुखिमको अध्यक्षतामा १३ सदस्यीय समाजवादी युवा संघ धनकुटा जिल्ला समिति गठन भएको छ भने नन्दिता ब्लोनको अध्यक्षतामा ११ सदस्यीय समाजवादी महिला संघ गठन भएको पार्टीका केन्द्रिय राजनीतिक समिति सदस्य तथा पुर्व प्रदेश सांसद आर. सि. तुम्बाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष पर्शुरामराम वस्नेतले अब जनता समाजवादी पार्टी जनताको घर घरमा पुगि दु:ख सुखमा साथ दिदै संगठन विस्तार तर्फ लाग्नु पर्नेमा जोड दिए । त्यस्तै उनले देशमा पहिचान सहितको सङ्घियता अहिलेको आवस्यकता भएकोले त्यो मुद्द बोक्ने एउटै मात्र पार्टी जनता समाजवादी पार्टी भएको हुनाले सबै पहिचान पक्षधरहरु जसपामा गोलबन्द हुन जोड दिए ।

कार्यक्रममा पार्टीका केन्द्रिय राजनीतिक समिति सदस्य तथा पुर्व प्रदेश माननीय आर. सि. तुम्बा, केन्द्रिय राजनीतिक समिति सदस्य तथा प्रदेश सांसद निर्मला तावा लिम्बू लगायत नेताहरुको उपस्तिथि रहेको थियो ।