अपाङ्ग जीवन बिताइरहेका एकल कटुवाललाई सोलार प्रदान:



अजेन्द्र वाईबा तामाङ

असोज ५, पाँचथर। तीन वर्ष अघि ट्र्याक्टर दुर्घटनामा परि खुट्टा भाचिएर कष्टकर जीवन विताई रहेका पाँचथरको फिदिम ५ निवासी गाेपाल कटुवाललाई समाजसेवी राजेन्द्र पौडेलले नयाँ सोलार सेट प्रदान गरेका छन् ।

कुमायक गाउँपलिका १ स्थायी घर भएका र हाल फिदिम बस्दै आएका समाजसेवि पौडेलले शनिबार करिब १५ हजार रुपैयाँ बराबरको सोलार सेट फिदिमम नगरपालिका ५ का अध्यक्ष भरत तुम्बापाे स्थानिय समाजसेवी जाेन तुम्बापाे, टीका कटुवाल लगायतकाे उपस्थितिमा हस्तान्तरण गरेका थिए ।

आफु सानै छँदा आमा अर्को पुरुष संग बिबाह गरि गएको र बुबा पनि बेवारिसे अवस्थामा हिड्ने गरेकाले कटुवाल अविभावक विहिन भएर जीवन बिताईरहेका छन् ।

केही समय अगाडी जनसेवा समाज पाँचथरको अध्यक्ष राजेन्द्र अधिकारी र फिदिम नगरपालिका वडा नं. ५ का अध्यक्ष भरत तुम्बापाेकाे पहलमा समाजसेवी देबिराज कुरूम्बाङले कटुवालको घर र शाैचालय निर्माण गरिदिएका थिए । तर नयाँ घर पाए पनि बिजुलि बत्तीको अभावमा उनि अन्धकारमा बस्न बाध्य थिए। लामो समय देखि आर्थिक अवस्था कम्जाेर भएकै कारण अन्धकार र कष्टकर जीवन बिताउँदै आएका गाेपालले नयाँ साेलार सेट र बत्ति पाए पाछी हर्षित भएका छन् ।

उनले अब आफ्नो घर उज्यालो भएको भन्दै नयाँ साेलार सेट पाए पछि खुसि हुदै राजेन्द्र पाैडेललाई धन्यवाद ब्यक्त गरेका थिए ।