धरानको एक कृषि फर्मबाट ३ सय केजी गाँजा सहित एक जना पक्राउ




धरान उपमहानगरपालिका –१७ खैरेनि स्थित एक कृषि फर्मबाट ३ सय ७ केजी गाँजा सहित एक जना पक्राउ गरिएको छ ।
प्रहरीले खैरेनि स्थित सुप्रिम एग्रिकल्चर कुषि फार्ममा गाजा कारोबार भईरहेको आरोपमा फर्मका सञ्चालक धरान १३ का बर्ष ४४ का मनिराज राई लाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिमल्सिनाले जानकारी दिए ।
कृषि फर्ममा लागु औषध गाजाको कारोबार भइरहेको भन्ने विशेष सुचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यलय धरानका प्रहरीको टोलीले कृषि फर्मको कोठामा लुकाएर राखेको अवस्थामा दश बोरा गाँजा सहित राईलाई नियन्त्रणमा लिएको बताए ।
यस बारे थप अनुसन्धान भईरहेको उपरीक्षक तिमल्सिनाले बताए ।