कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण




सुनसरीको झुम्का स्थित क्षेत्रीय कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण गरिएको छ ।
पुर्वेली अन्तराष्ट्रिय समाजको सहयोग र लाइन्स क्लव अफ धरानद्धारा दराज सहित २ सय ५० सय थान पुस्तक हस्तान्तरण गरिएको हो ।
कारागार एक बन्दी गृह मात्र नभई सुधार गृह बन्न सकोस साथै कानुनी तथा शैक्षिक जनचेतना जगाउन र पढ्ने बानीको विकाससंगै उनिहरुको विचार परिवर्तनमा सबै भन्दा महत्वपूर्ण भूमिका पुस्तकको हुने भएकाले पुस्तक वितरण गरिएको लाइन्स क्लव अफ धरानकी अध्यक्ष एकता श्रेष्ठले बताए । उनका अनुसार , कारागारका कैदीबन्दीलाई लक्षित गरी हस्तान्तरण गरिएको पुस्तकहरु बहुउपयोगी हुनेमा विश्वस्त रहेको पनि उनले बताए
पूर्वेली अन्तर्राष्ट्रिय समाज लायन्स क्लब अफ धरान ग्लोरीसँग सहकार्य गरी कारागारमा रहेका बन्दीहरूको जीवन परिवर्तनमा टेवा पु¥याउने उदेश्यले पुस्तकहरू सहयोग गरिएको कार्यक्रम संयोजक शिवजी श्रेष्ठले बताए।
नेपाल बाहिर विभिन्न देशहरूमा कार्यरत पूर्व क्षेत्रका नेपालीहरू आबद्ध रहेको पूर्वेली अन्तर्राष्ट्रिय समाजले विगत केहि वर्षदेखि विभिन्न जिल्लाका कारागारमा रहेकालाई हरुलाई अध्ययनमा केन्द्रित गराउनका लागि पुस्तक वितरण गर्दै आएको र गरिव दिन दुखिसंगै समाजमा विभिन्न सामाजिक कामहरु गर्दै आएको अध्यक्ष सुवास लोहनीको भनाई छ।
कोशी प्रदेशका प्रहरी नायव महानिरिक्षक चन्द्र कुवेर खापुङ्गको प्रमुख आतिथ्यतामा पुस्तक हस्तान्तरण गरिएको थियो, सोही कार्यक्रमको अवसरमा रामधुनी नगरपालिकाका प्रमुख शंकर चौधरी, उपमेयर सरिता थापा , झुम्का कारागारका प्रमुख आइन्द्र नेम्वाङ्ग, जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमन कुमार तिमल्सिना, लगायत विभिन्न सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो !