सुनसरीको वराहक्षेत्र नगरपालिका १ मा प्रहरी चौकी भवन निमार्ण गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयको रु.३ करोड १९ लख ४० हजार ३ सय ४७ रुपियाँ मा वराहक्षेत्र नगरपालिका १ स्थित प्रहरी चौकी भवनको निर्माण गरिएको हो ।
साढे २ तलाको प्रहरी चौकी भवन निमार्ण गरिएको छ । उक्त भवनमा महिला र पुरुषका लागि अलग अलग ब्यारेक, हिरासत, शौचालय, भान्सा तथा अन्य पूर्वाधारहरु निर्माण गरिएको छ ।
२०७९ चैत १३ गते सम्झौता भई निमार्ण कार्य सुरु गरिएको उक्त भवन एक कठ्ठा सात धुर क्षेत्रफलमा बनाइएको छ भने भवनको निर्माण जेएसएस. इन्जिनियरिङ प्रालि, ज्ञानेश्वर काठमाडौंले निर्माण गरेका हो ।
नवनिर्मित प्रहरी चौकीे भवन बुधबार कोशी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुवेर खापुङले उद्घाटन गरेका हुन ।
भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्राप्त गरेको भौतिक संरचना तथा स्रोत साधनहरुलाई प्रयोग गरि गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
समुदायमा हुने अपराधजन्य तथा दुर्घटनाका घटनाहरुलाई न्यूनीकरणका लागि समुदायस्तरबाट सबैले सहयोग गर्नु पर्ने आवश्यक रहेको बताउदै , नागरिकले प्रहरीलाई समयमा सही सूचना दिन सकेमा प्रहरीलाई पनि अनुसन्धान गर्न सहज हुने र अपराधजन्य घटना हुन नदिन र यसको न्यूनीकरण गर्न सजिलो हुने नायब महानिरीक्षक खापुङले बताए ।
भवन उद्धघाटन कार्यक्रममा वराहक्षेत्र नगर उपप्रमुख नन्दकुमारी सुनुवार राई, कोशी प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखा प्रमुख प्रहरी उपरीक्षक हरि डङ्गोल, स्थानीय राजनितिक दलका प्रतिनिधिलगायत स्थानीको सहभागिता रहेको थियो ।