खुकुरी प्रहार गरी श्रीमतीको हत्या




धरान / घरायसी विवादमा धरान -३ स्थित माछाभौडीमा शुक्रबार एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालयका अनुसार ३७ वर्षीय अमृत रसाइलीले २८ वर्षीया श्रीमती सम्झना रसाईलीलाई दिउसो खुकुरीले प्रहार गरी हत्या गरेका हुन ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार खुकुरी प्रहार गर्दा श्रीमतीको घटना स्थलमै मृत्यु भएको थियो । घरायसी विवादका कारण श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
अमृत रसाइलीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । हत्या पछि उनी आफै प्रहरी समक्ष पुगेकाे बताईएकाे छ ।