वुढासुब्बा गोल्डकपको २५ औँ संस्करण माघ १९ देखि हुने




धरान ः धरानमा बुढासुब्बा गोल्डकप हुने भएको छ ।
अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औ संस्करण आगामी माघ १९ गतेदेखि हुने भएको छ ।
आज सोमबार धरान फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना गरी माघ १९ गतेदेखि २६ गतेसम्म हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ्ले जानकारी दिए । बुढासुब्बा गोेल्डकप रोजगारमुलक र व्यवसायी मुलक बनाउने योजना सहित लागिपरिरहेको उनले बताए ।
नेपाली फुटबलको इतिहासमा धरान फुटबल क्लबले गर्ने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले फुटबल जगतमा इँटा थप्ने काम गरेको कोशी प्रदेश खेलकुद सङ्घका अध्यक्ष किशोर राईले बताए । २०५५ साल देखि शुरु भएकाृ प्रतियोगिता कोभिडको कारण २ वर्ष रोकिए पनि त्यस पश्चात निरन्तर भईरहेको छ ।
धरान उपमहानगरपालिका १६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागि हुने छन् । प्रतियोगितामा एनआरटी क्लब काठ्माण्डौ , लिग च्याम्पियन चर्च ब्वाइज क्लब,नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी,त्रिभुवन आर्मी क्लब, ईटहरी जागृती क्लब, युके एफसी भारत, मच्छि«न्द्र ब्लब काठमाण्डौ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब रहने छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित रु.१० लाख र उपविजेताले नगद रु.५ लाख लाख पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले नगद रुं १ लाख र प्रत्येक खेलको म्यान अप दि म्याचले रु.१५ हजार, सर्वाधिक गोलकर्ताले रु. ३५ हजार ,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफन्स ,उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर,र उत्कृष्ट प्रशिक्षकले जनही रु.२५ हजार पुरस्कार पाउने अध्यक्ष तामाङ्ले बताए ।
प्रतियोगिता रु. ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको छ भने, रु.१ करोड २ लाख २५ हजार आम्दानी हुने लक्ष्य राखिएको क्लबका महासचिव नविन राईले बताए ।
प्रतियोगितामा उपविजेताले पाउने रु.५लाख धरान उपमहानगरपालिका–१५ निवासी हाल पोर्चुगलमा रहनुभएको अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताए । गत वर्षको विजेता एनआरटी क्लब काठमाण्डौ र उपविजेता जिल्ला फुटबल संघ मोरङ भएको थियो ।