सुनसरीको बराहक्षेत्र नगरपालिका १ बाट तीन थान भरुवा वन्दुक सहित दुईजना पक्राउ परेका छन् ।
सोमबार इलाका प्रहरी कार्यलय महेन्द्रनगर चक्रघटीका प्रहरी प्रमुख विकास राईको नेतृत्वमा खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिकाका–१ का ४४ वर्षीय मनबहादुर राई र सोही ठाउँका ४२ वर्षीय राजेन्द्र राईलाई पक्राउ परेका छन् ।
सुनसरकिो चतरा स्थित चारकोशे जङ्गलमा मृग मारेर मासु काटिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट तीनथान भरुवा बन्दुक र ५ केजी मृगको मासु बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यलय सुनसरीमा राखीे थप अनुसन्धान भइरहेको तिमल्सिनाले जानकारी दिए ।