धरानमा ११ दिने सङ्गीत जात्रा महोत्सव सुरु




धरानमा सङ्गीत जात्रा महोत्सव सुरु भएको छ । “गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन” भन्ने मूल नाराका साथ धरानमा ११ दिने सङ्गीत जात्रा महोत्सव सुरु भएको छ ।
मौलिक तथा जातीय भेषभुषा, साँस्कृतिक प्रर्दशनी, जातीय परिकार सहितको अर्गानिक खाद्यान्नलाई प्रबद्र्धन गर्ने उदेश्यले आयोजना गरिएका सङ्गीत जात्रा–२०८१ आइतबार बाट धरान उपमहानगरपालिका १५ बगरकोटमा सुरु भएको महोत्व आगामी १७ गतेसम्म सञ्चालन हुने छ ।


कार्यक्रमको द्धघाटन गर्दै सङ्गीत जात्रा महोत्सवले धरानको खस्कँदो अर्थतन्त्रलाई चलायमान बनाउने धरान उपमहानगरपालिका–१५ को वडाध्यक्ष नरेश ईवारमले बताए ।
उहाँले भन्नुभयो,महोत्सवमा मौलिक र जातीय भेषभूषासहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकारसहितको अर्गानिक खाद्यान्नहरुलाई प्रोत्साहन गरिएकोले धरानलाई चिनाउन यसले ठुलो सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे ।


महोत्सवको पहिलो दिन किरातीहरुको साकेला नाच र लिम्बुहरुको च्याब्रुङ नाच प्रदर्शन गरिएको थियो भने महोत्सव अवधिभर थप मनोरन्जन प्रदान गर्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजना र सह आयोजक त्रिवेणी महिला समूह रहेको छ भने महोत्सवमा महोत्सवमा ५० वटा स्टल रहेको महोत्सवको संयोजक तथा सल्लाहकार दीपचन्द्र राईले बताए ।
आयोजक नेचर क्लव धरानका अध्यक्ष कृष्ण राईको सभापतित्वमा भएको उक्त उद्घाटन कार्यक्रममा मजदुर नेता भीम ज्वाला राई, सुनसरी उद्योग वाणिज्य संघका सचिव किशान मास्के लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त महोत्सव अवधिभर कलाकारहरु सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ), रकहेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाल लगायतको प्रस्तुति रहने छ ।
महोत्सवलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चाहरूदेखि सबै उमेर समूहका नागरिक रमाउन सक्ने खेलको व्यवस्था रहेको छ । महोत्सवमा प्रवेशको लागि प्रतिव्यक्ति रुं २ सय टिकट दर लाग्ने संयोजक राईले बताए ।