धरानमा मिनी ट्रकको ठक्करबाट ८६ बर्षिय पैदलयात्री मृत्यु




ःआइतबार धरान उपमहानगरपालिका ११ मा मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
दिउसो अन्दाज १ बजेको समयमा धरान– उपमहानगरपालिका ११ स्थित सीमाना चोकको भित्री सडक खण्डमा रहेको कुर्विताचोकबाट सीमानाचोकतर्फ जाँदै गरेको प्र.१–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिदा धरान ११ बस्ने ८६ बर्षका वीर बहादुर विश्वमर्काको मृत्यु भएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।
ट्रकको ठक्करबाट विश्वकर्माको घटना स्थलमै मृत्यु भएको थियो भने ट्रक चालक धरान उपमहानगरपालिका ८ बस्ने ४८ बर्षका सन्तवीर श्रेष्ठलाई धरान इलाका प्रहरी कार्यलेको नियन्त्रणमा लिएको घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।