धरानमा चिया खाएको विवादलाई लिएर खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ




धरान ः धरानमा साथिमाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका १५ स्थित सदन रोडमा २१ बर्षका रिजन राई माथि खुकुरी प्रहार भएको थियो ।
विहानको समयमा साथिहरुसंग चिया खाएर पैसा तिर्ने विषयलाई लिएर विवाद हुदा साथिहरुले राईमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । अवस्था गम्भिर भएको कारण तत्कालै विराटनगर स्थित विराट नर्सिङ हस्पितल लगिएको उनले बताए । राईको टाउँ ,बायाँ हात र कुहिना काटिएको छ अहिले उनको उपचार भईरहेको छ ।
राईमाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरि आज सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान–१३ का १८ बर्षिय उत्सव मगर, २१ बर्षिय विश्रान्ती मगर, धरान–८ का २२ बर्षका रोमन गुरुङ, सोहि ठाउँका १७ बर्षका प्रस्थान राई र धरान–५ का २१ बर्षिय सुदिप तामाङलाई पक्राउ गरिएको उपरीक्षक तिमल्सिनाले बताए ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाबारे थप अनुसन्धान भई रहेको छ ।