समाजवादी विद्यार्थी युनियन सुनसरी जिल्ला पुनर्गठन: अध्यक्षमा राई



धरान, माघ ११ । जनता समाजवादी पार्टी सम्वद्द समाजवादी विद्यार्थी युनियन सुनसरी जिल्ला समितिको पुनर्गठन सम्पन्न भएकोछ ।

बिहिवार धरान स्थित नगर पार्टी कार्यालयमा आयोजित भेलाले दिपेश राईको अध्यक्षतमा २५ सदस्यीय समिति पुनर्गठन गरेको समाजवादी विद्यार्थी युनियनका १ नंं. प्रदेश समितिका अध्यक्ष चन्द्र किरातिले बताए ।


समितिको उपाध्यक्षमा नवराज किराती, सेमी यक्सो लिम्बू र गोपाल हाङखिम चयन भएका छन् । त्यस्तै सचीवमा सुनन्द राई, सह-सचीवमा शंकर शाहा, भावना राई र अशोक घले चयन भएका छन् भने कोषाध्यक्षमा देबि खापुङ लिम्बू चयन भएकी छिन् ।

समितिको सदस्यहरुमा क्रमशः मनिला राई, बिमल किराती, नरेन तामाङ, सञ्जुहाङ लिम्बू, नेहा नाइका राई, सुदिपहाङ राई, लक्ष्मी राई, कास्मिर राई, एरिना राई, बिशाल चाम्लिङ राई, निशा दाहाल, दर्पण राई, दिलिप काम्दुङ राई, बिश्वास राई, बबिता गुरुङ, अनुशा मगर लगायत रहेकाछ्न् ।

संगठनका केन्द्रीय अध्यक्ष प्रकाश चाम्लिङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमा पार्टीका प्रदेश उपाध्यक्ष आश कुमार राई, प्रदेश सचीव राम माण्डुपा राई, धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लगायत विभिन्न तहका नेता तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।