सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फुल चौकबाट प्रहरीले लागू औषधसहित उदयपुरका एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी वरिष्ठ नायव निरीक्षक अशोक कोइराला र लागू औषध नियन्त्रण ब्युरो विराटनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक फिरोज कुमार चौधरी नेतृत्वको संयुक्त टोलीले सोमबार बेलुकी ४ बजे चेकजाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीका २८ वर्षीय पदम बहादुर मगर रहेका छन्। उनलाई शङ्का लागेपछि प्रहरीले शरीर तलासी लिँदा ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको थियो। उक्त पदार्थको तौल प्लास्टिक बाहेक २०.४ ग्राम लागू औषध सहित मगरको साथबाट एक थान भिभो मोबाइल फोन समेत बरामद गरेको छ।
प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको छ।