पाँचथर फिदिम । गएको असाेज १२ गते मेची राजमार्ग सडक खण्ड अन्तर्गत फिदिम ४ र हिलिहाङ गाउपालिका जोड्ने हेवा खोलापुल बाढिले बगाए संगै लामो समय पछि पुन ; बेलीब्रीज निर्माण कार्यको शिलान्यास गरिएकोछ ।
शनिबार सडक डिभिजन कार्यालय ईलामका कर्मचारी तथा ईन्जिनियरहरुको उपस्थितिमा पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोईरालाले स्काभेटर चढेर बेलीब्रीजको शिलान्यास गर्नुभएको थियो ।
शिलान्यासमा सडक डिभिजन कार्यलयका प्रमुख पवन भट्टराई, इन्जिनियरहरु कुशल भुसाल, लक्ष्मण बराल, अर्जुन घिमिरे, आकाश श्रेष्ठ,उज्ज्वल चौलागाई लगायतको उपस्थिती रहेको थियो ।
गएको असोजमा भएको भारी वर्षाले पुल बगाएपछी अहिले सम्म सवारी साधन तथा यात्रुहरु बगरमा थापिएको सामान्य पुलबाट आवजावत गरिरहेका थिए । वर्षायाम शुरु हुन लागे संगै पुल सडक डिभिजन कार्यालय ईलामकाे पहलमा निर्माण कार्य शुरु गरिएको हो । लागत ३.४९ करोडमा दोभान – सुपर सौगात-लाइट जे.भी कम्पनी सङ्ग ठेक्का सम्झौता भई शुरु भएको निर्माण कार्य ०८२ जेठ ३० सम्ममा सक्ने निर्माण कम्पनिले जनाएको छ ।