यलम्वर क्लव र झुनाज फिटनेसलाई धरान १९ बास्केटवलको उपाधि




धरान १९ महिला पुरुष बास्केटवल प्रतियोगिताको उपाधि महिला तर्फ यलम्वर क्लव र पुरुष तर्फ झुनाज फिटनेसले चुमेको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा महिला तर्फ यलम्वर क्लवले रेड डेभिल्स क्लवलाई ३८ – २४ अंकले सहज जित निकालेका थिए । पुरुष तर्फ भएको प्रतिश्पर्धात्मक खेलमा झुनाज फिटनेसले आयोजक युवा जागृति क्लवलाई ६५–५८ अंकको अन्तरले जित निकालेको छ ।

महिला तर्फको फाइनल खेलमा यलम्वर र रेड डेभिल्सले प्रत्येक क्वाटरमा ४–७, ११–१, ७–५ र १६–११ अंक जोडेका थिए । यसैगरि झुनाज फिटनेस र युवा जागृति क्लवले प्रत्येक क्वाटरमा १३–९, १२–१५, २३–११ र १७–२३ अंक जोडेका थिए ।


      यलम्वर क्लवले जित संगै नगद रु. ६ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । उपविजेता रेड डेभिल्सले नगद रु. ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसै गरि पुरुष तर्फ झुनाज फिटनेसले नगद रु. १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने उपविजेता युवा जागृति क्लवले नगद रु. ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलको एमभिपि मोस्ट भ्यालुएवल प्लेयरको उपाधि महिला तर्फ यलम्वर क्लवका निवा चेम्जोङ र पुरुष तर्फ झुनाज फिटनेसका सर्वोधन राई घोषित भए । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका निवा चेम्जोङले व्यक्तिगत १६ अंक जोडेका थिए भने पुरुष तर्फ सर्वोधन राईले ३२ अंक जोडेका थिए ।

विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका प्रमूख अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, प्रतियोगिता संयोजक रन्जित लिम्वु, पुर्व महिला बास्केटवल खेलाडि झुना राई, पुर्व राष्ट्रिय खेलाडि सुदन थापा, पुर्व बास्केटवल खेलाडि प्रशान्त थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।
फागुन १४ गते देखि १७ गते सम्पन्न प्रतियोगितामा महिला तर्फ ७ टिम र पुरुष तर्फ १४ टिमले सहभागिता जनाएको थियो । सुनसरी बास्केटवल सघको प्राविधिक सहयोग रहेको प्रतियोगिताको सम्पुर्ण खेल धरान १९ स्थित हरियालि सामुदायीका वनको बास्केटवल कोर्टमा संपन्न भएको थियो ।