बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ र अर्जुनधारा नगरपालिका ११ अन्तरगत पर्ने नयाँ बसपार्क क्षेत्र यतिबेला शान्त बन्दै गईरहेको छ ।
लागू दुर्व्यसनि र यौन धन्दाको अखडाको रूपमा चिनिएको बसपार्क क्षेत्रलाई नियन्त्रण तथा सुधार गर्न अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी साहायक निरीक्षक (असई) नोर्जङ लामा कम्मर कसेर लागि परेका छन् ।
गत माघ ७ देखि इन्चार्ज भई आएका प्रहरी सायक निरिकक्षक लामा बाट स्थानियबासीहरु यतिबेला खुशी र सुरक्षित रहेको बताउछ्न् ।
केहि महिना अगाडि सम्म बसपार्क अशान्तझै लाग्ने तर लामा प्रहरी बिटको इन्चार्ज भएर आए देखि क्रमश सुधार भएको अर्जुनधारा नगरपालिका ११ का जनप्रतिनिधि केसब अधिकारीले दृश्य अनलाइनलाई बताए ।
लामा आएको एक महिना भित्र लागुऔषध कारोबारी र प्रयोगकर्ताहरु करिब दुई दर्जन बढि पक्राउ गर्न सफल भएको बताइएको छ । उनको साहसलाई प्रसंशा गर्दै बिर्तामोड नगरपालिका ५ का वडा अध्यक्ष रोहित प्रसाईले लामा जस्ता प्रहरीको सक्रियता भए युवाहरुमा बढ्दै गएको दुर्व्यसनी र समाजका बिकृतिहरु पुर्ण सुधार र नियन्त्रण हुने बताए ।