लागूऔषध सहित तीन जना पक्राउ




धरान ः लागूऔषध सहित धरानबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति १० बजे धरान उपमहानगरपालिका ३ माछा भौडीस्थित गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरूलाई लागू औषधसहित पक्राउ गरिएको सुनसरी प्रहरी कार्यलयले जनाएको छ ।
धरानको वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पुरानो बजारबाट रत्न चौकतर्फ जादै गरेकोे को २०प४८१६ नम्बरको स्कुटर जाँच गर्दा स्कुटी चालक धरान १० बस्ने २७ वर्षीय बिनय देवान, पछाडि सवार धरान १६ बस्ने २८ वर्षीय कुविर श्रेष्ठ र धरान १० बस्ने ३५ वर्षीया सृजना गुरुङ को साथबाट लागू औषध बरामद गरेको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामामोल पाचँ सय ट्याब्लेट र डिकोलिक पाचँ सय ट्याब्लेट फेला परेको थियो ।
लागूऔषध ओसारपसार गरेको आरोपमा तीनै जनालाई स्कुटरसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।