सुनसरी ः धरानमा गए राति तीन राउण्ड हवाई फायर गरी २ सय ३० केजि गाजाँ र एक जनालाई धरान इलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिएको छ ।
धरान उपमहानगरपालिका २० स्थित चिमफुले खोलामा लागुऔषध गाँजा ओसार पसार भईरहेको भन्ने सुचनाको आधारमा धरान इलाका प्रहरी कार्यलयबाट टोलि परिचालन गरी उक्त परिणामको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
धरान २० को विष्णुपादुकाको जङ्गलबाट धरान रेल्वे स्थित आउने भित्रि सडकबाट पैदल बाटो गाँजा बोकेर आउदै गरेका ९ जना भरियाहरुलाई प्रहरीले रोकी चेकजाँच गर्न खोज्दा भागेपछि नियन्त्रणमा लिन प्रहरीले हवाई नै गर्नु परेको उपरीक्षक तिमल्सिनाले बताए ।
हवाई फायर गरि २ सय ३० केजि गाँजा र धनकुटा सागुडीगढी गाउपालिका ९ बस्ने ४३ बर्षिय हरिकुमार राईलाई पक्राउ गरि धरान इलाका प्रहरी कार्यलयमा राखि थप अनुसन्धान भई रहेको छ भने फरार भएकाहरुको खोजि भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।