अर्जुनधारा डान्स एण्ड सिङ्गिङ स्टार–२०७९ को अडिशन सुरु



झापा । अर्जुनधारा डान्स एण्ड सिङ्गिङ स्टार–२०७९’को अडिशन आज बाट सुरु भएको छ।

झापाको अर्जुनधारा-३ खुदुनबारिमा रहेको जनता मा.वि. बाट आज औपचारिक रुपमा कार्यक्रम उद्घाटन भएको छ। प्रतिनिधि सभाका पुर्व सभासद प्रेम गरीको प्रमुख आतिथ्यतामा उद्द्घाटन भएको कार्यक्रममा गायन र नृत्य विधाको अडिसन लिन सुरु गरिएको छ । अर्जुनधारा नगरपालिका क्षेत्र भरिबाट उत्कृष्ट प्रतिभा छनोट गर्ने लक्ष्यका साथ आयोजना भएको प्रतियोगिताको पहिलो चरणको अडिशन आजबाट सुरु भएको हो।

प्रतियोगिताको अडिसन सेड्युल अन्तर्गत २९ गते अर्जुनधारा १, २ र ३ नम्बर वडाका लागि खुदुनाबारी बजारस्थित जनता माविमा पहिलो चरणको अडिशन हुने सारेगम कला केन्द्रका संचालक तथा प्रतियोगिताका संयोजक सन्तोष आले मगरले जानकारी दिए ।

त्यस्तै वडा नम्बर ६, ८ र ९ का लागि चैत्र ३० गते बिहिबार शनिश्चरे मा.वि.मा अडिशन हुनेछ । त्यस्तै वडा नम्बर ४, ५ र ७ का लागि बैशाख २ गते सूर्यज्योति स्कुलमा पहिलो चरणको अडिशन हुने बताइएको छ । यस्तै वडा नम्बर १० र ११ का लागि बैशाख ३ गते सालबारी माविमा पहिलो चरणको अडिशन हुनेछ ।

प्रतियोगितामा गायन र नृत्य दुवै विधा तर्फ अर्जुनधारामा स्थायी नागरिक र अर्जुनधारालाई कर्मथलो बनाएर बसेकाहरुले प्रतिस्पर्धा गर्न पाउने छन् । छनौट भएका टप २५ जनाको प्रस्तुती युट्युवमार्फत् सार्वजनिक गर्ने र उनीहरुले प्राप्त गर्ने भ्यूजको आधारमा पनि अंक दिइने बताइएको छ । दुवै विधाका पहिलो, दोस्रो र तेस्रो हुने सहभागीले क्रमश जनही ३० हजार, २० हजार र १० हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल वैशाख ३० गते अर्जुनधारा–७ को लंका रिसोर्टमा हुने संयोजक आले ले दृश्य