धरान ः डव्लु डव्लु जि (वुमन्स वर्थ गु्रप) को आयोजनामा यहि जेष्ठ १७ गते हुन लागेको मिसेस स्टेट २०२५ सिजन थी्र कोशि प्रदेशको पहिलो अडिसन शनिवार संपन्न भएको छ ।
गृहणि महिलाहरुलाई लक्षित मिसेस स्टेट सिजन थी्रको पहिलो अडिसनमा ८ जनाले सहभागिता जनाएको छ । धरान पुतलि लाइन स्थित हाङकुक साराङ रेष्टुरेन्टको हलमा पहिलो अडिसन संपन्न भएको छ ।
वुमन्स वर्थ गु्रपका अध्यक्ष सुजता श्रेष्ठको अध्यक्षतामा संपन्न अडिसनमा निर्णायकको रुपमा महिला संजाल धरानका पुर्व अध्यक्ष एवं सामाजिक अभियन्ता शिला वज्रचार्य, कोरियोग्रफर डिजे ललित राई, मिसेस स्टेट पहिलो सिजनका विजेता संझना विश्वकर्मा र धरान मेघा हिमालयन कलेजका होटल म्यानेजमेन्ट विभाग प्रमुख पोषणवावु श्रेष्ठ रहेको थियो ।
अडिसनको औपचारिक कार्यक्रममा सहभागिहरुलाई गु्रपका अध्यक्ष सुजता श्रेष्ठले मिसेस स्टेट सिजन थ्री वारे प्रकाश पारेका थिए । कार्यक्रममा पहिलो सिजनका विजेता संझना विकले सहभागिहरु माझ मिसेस स्टेट वारे आप्mनो अनुभव सेयर गरे । अडिसन ११ वजे देखि दुई वजे सम्म चलेको थियो ।
दोस्रो अडिसन वैशाख १३ गते शनिवार पुतलि लाइन स्थित चौथो रेष्टुरेन्टमा हुने गु्रपका सचिव ज्योति राईले जानकारी गराए । मिसेस स्टेट सिजन थ्रीको ग्रान्ड फिनाले जेष्ठ १७ गते शनिवार धरान १६ स्थित गुरुङ विविक्यु पार्टि प्यालेसमा हुनेछ ।
मिसेस स्टेट २०२५ सिजन थी्रका विजेता, फस्ट रनर अप र सेकेन्ड रनरअपले जनहि क्रमशः नगद एकाउन्न हजार रुपैया, २५ हजार रुपैया, १५ हजार रुपैया, क्राउन, ट्फि र गिप्mट ह्याम्पर प्राप्त गर्नेछ । यसैगरि टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, मिसेस एक्टिभ र पिपल्स च्वइस अवार्ड रहेको छ । उनिहरुले ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।