किरात राई यायोक्खा बेलायतले बिज्ञप्ती निकालेकाे छ । बिज्ञाप्तिमा किरात राईहरुको महान चाँड साकेला उभौली येले सम्बत ५०८३ काे शुभकामना ब्यक्त गर्दै किरात राई यायोक्खा बेलायतले हरेक बर्ष भब्य रुपमा मनाउदै आइरहेको साकेला उभौली चाँड यो साल पनि २० मे २०२३ शनिबारको दिन किरात हाउस गेम्बल्स लेनमा आयोजना गरिने भएको कुरा छ ।
बिज्ञाप्तिमा ‘मिती २१ चैत्र २०७९ मंगलबार संप्रेसित किरात राई यायोक्खा नेपाल केन्द्रिय कार्यसमितीको बिज्ञप्ती प्रति हाम्रो एक्यबद्धता र उच्च सम्मान छ । एकताको लागि सबै सम्यमित बनौ, प्रचारबाजीमा नलागौं, ब्यक्तिगत स्वार्थ र इगो भन्दा माथि उठेर सौहार्दपूर्ण वाताबरण निर्माण गर्दै सभ्य समुदायको बिकास गरौ किरात राई यायोक्खा बेलायतका असन्तुष्ट समुह प्रति हार्दिक आह्वान छ ‘
११ अप्रिल २०२३मा बिज्ञाप्ति निकाल्दै किरात राई यायोक्क्खा बेलायतले, किरात राई यायोक्क्खा बेलायत किरात राई यायोक्खा नेपालको १९ बिदेश संगठनहरु मध्यको एक भातृ संंगठन हो । भातृत्व, सद्भाव र सहकार्यले मात्र पहिचानको साझा संस्थागत उदेश्य प्राप्तीमा कटिवद्ध रहन सकिन्छ । यसर्थ बेलायतबासी सबै राई बन्धुहरुमा किरात राई एकतामा प्रतिवद्ध रहेर संस्थागत बिधी बिधान तथा बैधानिक प्रक्रियालाई अवलम्बन गरि समाज र समुदायको हितको पक्षमा आवद्ध हुदै भ्रामक प्रचारबाजीबाट टाढा रहनुहुन हार्दिक अपिल छ बिज्ञाप्तिमा उल्लेख छ ।
सन २००४ मा स्थापित किरात राई यायोक्क्खा बेलायत स्थापनाकाल देखी नै किरात राईहरुको साझा उदेश्य प्राप्तीको लागि कटिवद्ध छ । हाम्रो एकताको फल स्वरुप माङखिम (चुला घर) निर्माणार्थ बेलायतमा किरात भुमि खरिद गर्न सफल भएका छौं । किरात भुमि खरिद पश्चात माङ्खिम (चुलाघर) निर्माण संस्थाको पहिलो प्राथमिकता हो जस्को लागि एकता अपरिहार्य छ । यसर्थ सम्पूर्ण बेलायतबासी किरात राईहरुलाई तथस्ठ बसेर हैन सहिलाई समर्थन र गलतलाई खबरदारी गर्दै एकवद्धताका लागि हार्दिक अपिल छ । बार्ता र छलफलको बिभिन्न प्रयत्नहरुलाई बेवास्ता गर्दै सिमित समुह मिलेर किरात राई एकतामा खलल पर्ने गरि किरात राई यायोक्खा बेलायतको नाममा बिभिन्न कार्यक्रम र प्रचारबाजी गरिनु भ्रम पूर्ण छ, साथै बेलायतबासी किरात राई समुदायको हितमा छैन । एकता सबैको चाहाना हो तर मिल्नको लागि मिल्न पनि खोज्नु पर्दछ । असन्तुष्ट समुहलाई सम्बोधन गर्ने पहिलो कर्तब्य संस्थापन पक्षको नै हो तर यस्ता दर्जनौ प्रयत्नहरुलाई बेवास्ता गरिनु दुखद छ । किरात धर्म र संस्कारको प्रमुख प्रतिक तथा आस्था तिनचुलालाई नमान्ने तथा विश्वभरिका किरात राईहरुको आस्थाको संगठन किरात राई यायोक्खा नेपाललाई नमान्ने जस्ता असान्दर्भिक प्रसंगहरु किरात राई यायोक्खा बेलायतलाई कदापी मान्य हुने छैन ।
बिज्ञाप्तिकाे अन्त्यमा महान चाँड साकेला उभौली बिशाल फन्कोमा एउटै तालमा र शिलीका एउटै चालहरुमा नाचौं एकताको प्रतिक साकेलाकाे शुभकामना चुला निम्तो र जय किरात भनिएकाे छ ।