बिर्तामोड : नेपाल निजामती कर्मचारी संगठन दोस्रो नगर अधिवेशन बाट अध्यक्षमा तेजेन्द्र तामाङ सर्वसम्मत हुनु भएको छ ।

बिर्तामोड नगरपालिकाको सभा हलमा आयोजित तामाङको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । तामाङ बिर्तामोड नगरपालिकाको लेखा शाखा प्रमुख हुनुहुन्छ ।
यस्तै संगठनको उपाध्यक्षमा साजन राई, सचिबमा टिका अधिकारी, सह(सचिबमा रुपमान थलङ, कोषाध्यक्षमा हिमा खनाल, सदस्यहरुमा अनु मोते, राजेन्द्र अधिकारी, सुजित शाह, गणेश तिम्सिना, पदमराज घिमेरे, दिपेश गणेश, जानुका बस्नेत, बद्री ढकाल सर्वसम्मत हुनु भएको छ।
प्रमुख अतिथि पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सदस्य जय तिम्सिनाले व्यानर वाचन गरेर अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।


 
                                                                     
                
 
                     
                     
                     
                     
                     
                     
                    