कन्याम इलाम । कोशी प्रदेश पर्यटन वर्षको अवसर पारेर प्रदेशकै पर्यटन प्रवर्धनका लागि आयोजना गरिएको प्रदेश स्तरीय प्रतियोगितात्मक फोटो प्रदर्शनीमा ताप्लेजुङको तिम्बुङ पोखरीको फोटो उत्कृष्ट भएको छ । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रतियोगितामा फोटोग्राफर एपी तोलाङले खिच्नु भएको तिम्बुङ पोखरीको आकर्षक तस्वीर प्रथम भएको हो ।

पुर्वकै सुन्दर पर्यटकीय स्थल इलामको कन्याममा शनिबार सम्पन्न प्रतियोगितामा बसन्त लिम्बूले खिच्नु भएको कञ्चनजंघा बेसक्यापको तस्वीर दोस्रो भएको थियो । त्यस्तै डेविड ओझाको ताप्लेजुङको तोक्पेगोला बस्ती र बस्ती नजिकैको छाँगाको तस्वीर तेस्रो भएको थियो भने निसान्त रानाले खिचेको कञ्चनजंघा पदमार्गको ताप्लेजुङ स्थीत सेलेले पासको तस्वीर चौथो तथा मनोज बस्नेतको तस्वीर पाँचौं स्थानमा परेका छन । उत्कृष्ट पाँच फोटोग्राफर र फोटोपत्रकारलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । पुरस्कृत फोटोग्राफरहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री सदानन्द मण्डलले पुरस्कार वितरण गर्नु भएको थियो ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सचिवालय र पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा तथा नेपाल फोटो पत्रकार महासंघ कोशी प्रदेशको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगिताका लागि प्राप्त भएका २०८ फोटोहरूमध्ये ६० उत्कृष्ट फोटोहरू छनोट गरी प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक तथा फोटोपत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष विनाद पाण्डेले जानकारी दिनुभयो।
कार्यक्रम व्यवस्थापनका लागि विनोद पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो, जसमा पर्यटन कार्यालयका अधिकृत निरोज कट्टेल सदस्य सचिव, पत्रकार सन्तोष पूर्कोटी र दिपक बोहोरा सदस्य रहनु भएको थियो । त्यस्तै, निर्णायक समितिको संयोजकत्व गिरीराज बास्कोटाले गर्नु भएको थियो भने सदस्यमा वरिष्ठ फोटोग्राफर विश्व ताम्रकार र चित्रकला प्रशिक्षक छेतेन शेर्पा रहनु भएको