अभिनेत्री आँचल शर्माले हिन्दी गीतमा अभिनय गरेकी छिन् । बुधबार सार्वजनिक भएको ‘तेरी मेरी दास्तान’ बोलको गीतमा उनीले अभिनय गरेकी हुन् ।
भिडियोमा उनीसँगै आरआर खड्का देखिएका छन् । सियोन श्रेष्ठले कोरियोग्राफी गरेको गीतमा आँचल र आरआरसँगै भारतीय कलाकार पारस शाह र सोनु मिश्राको पनि अभिनय छ ।
१६ औं शताब्दीको सेरोफेरोमा आधारित गीतलाई नितिन चन्दले निर्देशन गरेका हुन् । यसअघि उनले थुप्रै हिन्दी गीत निर्देशन गरेका छन् । गीतमा गायक विनीत सिंहले स्वर दिएका छन् ।
उनलाई प्रतीक्षा श्रीवास्तवले साथ दिएकी छन् । पुनीत गुरूरानीको शब्द रहेको गीतमा अभिनव मेहरले संगीत भरेका छन् ।