धरान ः धरानमा यही साउन ३१ गते शनिबार पेडलर्स धरानको आयोजनामा कोरा राइड साइक्लिङ च्यालेन्ज हुने भएको छ ।
नेपालमा सन् २०११ मा काठमाडौंबाट सुरु भएको ‘कोरा राइड’ धार्मिक तथा पर्यटकीय स्थलहरू समेट्दै च्यारिटी राइडका रूपमा आयोजना हुँदै आएको छ ।
आज धरानमा आयोजित पत्रकार सम्मेलनमा ३२ किलोमिटर दुरीमा हुने राइडमा नेपालका विभिन्न ठाउँहरुका दुई सयभन्दा बढी राइडर्सहरुले सहभागीता जनाउने पेडलर्स धरानका अध्यक्ष किसन मास्केले बताए ।
शनिबार बिहान ७ बजे धरानको भानुचोकबाट सुरु हुने राइड पुतलिलाइन, दुर्गा चोक,दुर्गा चोक, कल्याण चोक,आपँगाछी चोक, जानकी चोक, फुस्रे, अमरहाट, बिजयपुर चोक,बुढासुब्बा मन्दिर, पिण्डेश्वरी मन्दिर,निराजन बस्ती, देउराली, पानबारी, नयाँ बस पार्क, बौद्ध दाह संस्कार,हयिाली चोक हुँदै धरान–१७ स्थित साकेला पार्कमा पुगेर समापन हुने अध्यक्ष मास्केले बताए ।
कोरा राइडमा सुनसरीसहित झापा, मोरङका साइक्लिष्टहरु सहभागी हुने आयोजकले जनाएको छ । धरानको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोरा राइड प्रत्येक बर्ष साउन महिनामा हुने गरेको कार्यक्रम संयोजक विजय श्रेष्ठले बताए । 
धरानमा यो प्रतियोगिता सन् २०१७ देखि नियमित आयोजना हुँदै आएको पनि संयोजक श्रेष्ठले बताए ।


 
                                                                     
                
 
                     
                     
                     
                     
                     
                     
                    