झापा । झापाको मेचीनगर-७ स्थित आयाबारीमा सुविधा सम्पन्न ‘माई वल्र्ड रिकण्डिसन एण्ड सर्भिस सेन्टर’ सञ्चालनमा आएको छ ।
मेचीनगरका-६ निवासी युवा व्यावसायि ओमप्रकाश खापुङसहित नारायण लिम्बू र रसाइली ब्रदर्श परिवारको करिब २ करोड लगानीमा खुलेको रिकण्डिसन एण्ड सर्भिस सेन्टरको उद्घाटन सोमबार एक भव्य कार्यक्रमको बीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् ।
सो अवसरमा प्रमुख अतिथि बुढाथोकीले सुविधासम्पन्न रिकण्डिसन एण्ड सर्भिस सेन्टरको सञ्चालनले मेचीनगरवासीलाई प्रत्यक्ष फाइदा पुग्ने बताए । ‘राम्रो र सस्तो सर्भिस पाउने आशामा मेचीनगर तथा छिमेकी पालिकाबाट समेत हजारौं सवारी सर्भिसिङका लागि पानीट्यांकी जाने गरिएको छ, उनले भने, ‘यसबाट हामी ठगिएको मात्र छैनौं, हामो ठूलो रकम बाहिरिँदैछ ।
उनले अब सवारी सर्भिसको लागि भारतीय बजार तथा टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर-७ का वडाध्यक्ष प्रलादमणि ओलीले प्रत्येक वडामा यस किसिमको रोजगारी सिर्जना हुने खालका उद्योग धन्दा र व्यवसाय सञ्चालन गर्न सके नगरको विकासमा सहयोग पुग्ने बताए ।
सो अवसरमा मेचीनगर-६ का वडाध्यक्ष ललित बहादुर तामाङ, सुरेन्द्र बुढाथोकी, बालाजित राई, बसन्त तिवारी(बुद्ध), माधव अर्याल, सुशील आचार्य, हर्क फ्याक, प्रेस क्लव मेचीनगर अध्यक्ष डम्बर बराल, सुकमाया, लिम्बू, जितबहादुर लावतीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
उक्त सेन्टर बाट प्राप्त गर्न सकिने सेवसुबिधाको रूपमा सबै प्रकारका दुई चक्के र चारचक्के सहित सो भन्दा माथीका सवारीहरु समेत उच्च प्राविधि द्वारा दक्ष इन्जिनियर र मेकानिकहरु मार्फत मर्मत गरिनुका साथै जुनसुकै प्रकारको पुराना गाडीहरू खरिद तथा बिक्रि गर्न सकिने संचालक खापुङले बताए । त्यस्तै आन्तरिक तथा वाह्य पर्यटक र यात्रुहरूलाई ध्यानमा राख्दै नेपालको जुनसुकै स्थान र भारत समेत जान सक्ने गरि साना तथा ठुला गाडीहरू अनुभवी चालक सहित रिजर्वको सुबिधा प्राप्त गर्न सकिने, सम्पुर्ण सवारीको असली पार्ट्पुर्जा सुफत मुल्य पाउन सकिने, स्तरीय किसिम बाट सवारीको धुलाई (वास) गरिने साथै बिद्धुतिय सवारी ( सिटि सफारी) सुफत मुल्यमा प्राप्त गर्न सकिने पनि उनले बताए ।
रिकण्डिसन हाउसले १५ जना युवालाई प्रत्यक्ष रोजागरी समेत दिएको उनले बताए । रिकण्डिसन एण्ड सर्भिस सेन्टरमा बाइक स्कुटी र चारचक्के साना गाडीको छिटो र भरपर्दो तरिकाले सर्भिसिङ सेवा दिइने छ ।
सर्भिस सेन्टरका सञ्चालक नारायण लिम्बूको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत तथा सञ्चालन ओमप्रकाश खापुङले गरेका थिए ।