धरान : आफ्नो चुनावी प्रचार कार्यक्रमका क्रममा नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं–६ का उम्मेदवार डा. शेखर कोइरालाले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन ।
विराटनगर–१२ निवासी उर्जाशील पार्टीका केन्द्रीय सदस्य आकाश कर्ण, नेकपा (एकीकृत समाजवादी)का नेता भीमबहादुर केसी, धिरज ताजपुरिया, सोहिल शेख, अनुराग विश्वकर्मा, बब्लु साह, रिहान राजा, राहुल सहनी, अर्जुन कामत, ऋतिक साह, ऋतिक पासवान, विक्की सहनी, गुणेश्वर कामत लगायत कांग्रेसमा प्रवेश गरेका छन्।
त्यसैगरी, सुन्दरहरैंचा नगरपालिका–४ का नेकपा (एमाले)का स्थानीय नेता माधव घिमिरे तथा सुन्दरहरैंचा नगरपालिका–६ का राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेता डिबी बिक र राजकुमार बिक पनि कांग्रेसमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूले आफ्नो मौलिकता, धर्म, संस्कृति तथा संस्कारको संरक्षण नेपाली कांग्रेसबाट मात्र सम्भव रहेको र डा. शेखर कोइरालालाई जसरी पनि संसदमा पुर्याउनुपर्ने विश्वासका साथ आफूहरू कांग्रेस प्रवेश गरेको बताएका छन्।


