धरान : नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा पत्रकार नवीन गड्तौला निर्वाचित भएका छन् । सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष स्थित अक्वा बर्ड रिसोर्टमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनबाट गड्तौला अध्यक्षमा निर्वाचित भएका हुन् ।अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ । उपाध्यक्षमा सनम तामाङ र सोहन श्रेष्ठ, सचिवमा नसीम अन्सारी, सहसचिवमा विक्रान्त श्रेष्ठ र कृष्णकुमार श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा स्नेहा श्रेष्ठ र सह–कोषाध्यक्षमा शुक्रान्त राई चयन भएका छन् । अन्य सदस्यहरुमा प्रतीत राई, दिपेश योञ्जन, चन्द्रकला चौधरी, प्रवेशकुमार लिम्बू, हिरण्य कार्की, सङ्गीता राई, रुपेशकुमार मोची, विवेक श्रेष्ठ र रोहन थापा निर्वाचित भएका छन् ।अधिवेशनबाट ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । सल्लाहकारहरुमा जनकऋषि राई, उपेन्द्र चाम्लिङ्ग, सन्तोष काफ्ले, भीषण राई, अमर खड्का, नवराज विष्ट र विकास चाम्लिङ्ग रहेका छन् ।कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो । कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघा, कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।


