झापा । संघीय लिम्बुवान मंच, नेपाल झापा बुद्धशान्तिका LV कामान्डर तथा प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका नेता सेर बहादुर सुहाङ “पुर्ण” गत वैशाख ३१ गते राती बाट सम्पर्क बिहिन भएका छन् ।
झापाको बुद्धशान्ति-४ घर भएका सुहाङले भ्रष्टाचारको बिरुद्धमा निकालिएको र्यालीलाई आफ्नो फेस्बुक स्टाटस मार्फत समर्थन रहेको भनी लेखेको विषयलाई लिएर उनी घरमा नभएको समयमा सोही वार्डमा बसोबास गर्ने केही युवाहरूले राती घरमा आई हुलहुज्जत गर्नुका साथै पुर्णको ज्यान मार्ने धम्की समेत दिएको र तत्पश्चात छोरा एकाएक सम्पर्क बिहिन भइ उनि चड्ने मोटरसाइकल सोही गाउँको खानिगैडा झोलुङ्गे पुल मुनि वेवारिसे अवस्थामा भेटिएको हुँदा निजलाई हत्या समेत भएको हुन सक्ने भएकोले तत्काल खोजतलास गरि उक्त धाकधम्कि दिने व्यक्तिहरुलाई पक्राउ गरि सोधपुछ तथा कार्बाहि गरि पाउ भनी सोमबार पुर्णका बुबा खम्ब बहादुर सुहाङले इलाका प्रहरी कार्यलय धुलाबारीमा निवेदन समेत दिएका छन् ।
त्यस्तै सुहाङ लाई पार्टीका नेता तथा स्थानीयहरुले खोजी गर्ने क्रममा सोमबार बेलुकी उनले लगाएको टिसर्ट गाउँबाट केही माथि झाडिमा च्यात्तिएको अवस्थामा फेला परेको र त्यहां नजिकै बाटोमा घडी समेत टुक्रिएको अवस्थामा फेलापरेको लिम्बुवानका युवा नेता गजेन्द्र लिम्बूले जानकारी दिएका छन् ।
उता इलाका प्रहरी कार्यालय धुलाबारिका इन्चार्ज प्रहरी निरिक्षक अनिल मावोहाङ्ले पनि सुहाङ्को खोजी भइरहेको र उनको बुबाले दिएको निवेदनमा उल्लेख गरिएका व्यक्तिहरुको पनि खोजतलास भइरेको दृश्य अनलाइनलाई बताए ।