अजेन्द्र वाईबा तामाङ
बैशाख २३,पाँचथर । जिल्ला अस्पताल ताप्लेजुङको मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.)मा डा.किरण थापा मगर नियुक्त हुनुभएको छ । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरको मिति २०८३/०१/२१ गतेको निर्णय अनुसार डा. थापालाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

यस अघि जिल्ला अस्पताल पाँचथरमा कार्यरत डा.थापा ताप्लेजुङमा सरूवा भए संगै मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) को जिम्मेवारी दिइएको हो ।
स्थायी घर बुटवल भएका डा. थापा स्वास्थ्य सेवामा अनुभवी चिकित्सकका रूपमा परिचित हुनुहुन्छ। उहाँले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरानबाट उच्च शिक्षा हासिल गर्नुभएको छ।
डा. थापाको आगमनसँगै जिल्ला अस्पताल ताप्लेजुङको सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।



