
अजेन्द्र वाईबा तामाङ
जेष्ठ १४, पाँचथर। पाँचथरको फिदिम नगरपालिका–८ स्थित मान्द्रे भीरमा मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय दीपेन गुरुङको मृत्यु भएको छ। मृतक गुरुङ फिदिम नगरपालिका ८ घुमाउनेटार निवासी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरीका अनुसार गुरुङ बुधबार साँझ इथुङबाट घुमाउनेटारस्थित घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्। Royal Enfield Bullet मोटरसाइकल चलाइरहेका उनी मोटरसाइकलसहित भीरमा खसेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रहरीले जनाएको छ। उद्धार टोलीले उनको शव गए राति भीरबाट निकालेर जिल्ला अस्पताल पाँचथर ल्याएको थियो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिषकुमार कर्ण का अनुसार दुर्घटनाग्रस्त मोटरसाइकल भने अझै भीरबाट निकाल्न सकिएको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



