स्व. भुविक्रम नेम्बाङको १०औँ स्मृति कार्यक्रम श्रावण २३ मा हुँदै



बिर्तामोड । क्रान्तिकारी योद्धा स्वर्गीय भुविक्रम नेम्बाङको स्मृतिमा १०औँ स्मृति कार्यक्रम यहीँ श्रावण २३ गते आयोजना हुने भएको छ ।


थेवा एकेडेमीको आयोजनामा हुने उक्त कार्यक्रममा स्व. नेम्बाङको राजनीतिक, सामाजिक तथा वैचारिक योगदानको स्मरण गर्दै उहाँको जीवन, संघर्ष र विचारमाथि विशेष छलफल गरिने आयोजकले जनाएको छ।

बिर्तामोडको पुरानो भद्रपुर रोडमा रहेको आदर्श ब्याङ्केटमा बिहान ११:०० देखि सञ्चालन हुने कार्यक्रमम आयोजक थेवा एकेडेमीले स्वर्गीय भुविक्रम नेम्बाङको योगदानलाई नयाँ पुस्तासमक्ष पुर्‍याउने तथा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। कार्यक्रममा स्व. नेम्बाङका शुभेच्छुक, राजनीतिक व्यक्तित्व, सामाजिक अगुवा, बुद्धिजीवी तथा सर्वसाधारणलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।