सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई



सबिना लिम्बु

सूर्योदय । इलामको सूर्योदय नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको समन्वय तथा नगर बाल सञ्जालको आयोजनामा सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार निर्मल गुरुङको अध्यक्षता तथा कार्यवाहक नगरप्रमुख डोलेन्द्र भारध्वजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रवल राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रस्तुती गिरी, सचिवमा सन्जु पौड्य, सह–सचिवमा सोफिना खड्का र कोषाध्यक्षमा योजना अधिकारी चयन भएका छन्। सदस्यहरूमा कृषा भारती, अनामिका निरौला, सोहन लिम्बु, समर्पण पराजुली, सूचना लेप्चा, रेखा लोहार, सृष्टि निरौला, निशा कार्की, नवीन खड्का, मनन खड्का, अर्पण पराजुली र प्रतिसा ढकाल चयन भएका छन्।

महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारा शेर्पाको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा बाल अधिकारको संरक्षण, बालबालिकाको अर्थपूर्ण सहभागिता तथा बालमैत्री स्थानीय शासनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल तथा जोड दिइएको थियो।

नवगठित सञ्जालले नगर क्षेत्रभित्र बालबालिकाले भोगिरहेका समस्या तथा चुनौती पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्दै समाधानका लागि पहल गर्ने तथा बालबालिकाको हक, अधिकार र सहभागिता सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।