बिराटनगर । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सोमबार राती एक विज्ञप्ति जारी गर्दै जेठ १७ बाट प्रदेश व्यापी अनिश्चितकालिन आमहडताल गर्ने चेतावनी दिएका छन् ।
संघर्ष समितिले गत आइतबार बिराटनगरमा कोशी प्रदेश नमाङ्कन खारेजीको माग राख्दै गरेको जनप्रदर्शनको क्रममा प्रहरी सगको झडपमा घाइते भएका समेत गरि पक्राउ परेका ८६ जना मध्ये नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष अशोक चेम्जोङ सहित २७ जनलाई जेठ १५ गते साझ सम्म पनि रिहाई नगरेको र उनिहरुलाई राजवन्दिको रूपमा नभएर अपराधीको रूपमा लिई झुठा मुद्दामा फसाउने योजना बुझिएको भन्दै १६ गते कार्यलय समय भित्र बिना सर्त रिहाई नगरिए जेठ १७ गते बुधबार बाट प्रदेश व्यापी अनिश्चितकालिन आमहडताल गर्न बाध्य हुने बताइएको छ ।
उक्त प्रदर्शनको क्रममा २५ भन्दा बढी प्रदर्शनकारी र दर्जन बढी सुरक्षाकर्मीहरु समेत घाइते भएका थिए ।

