घरेलु हतियार प्रयाेग गर्न बाध्य नपारियाेस् : यायाेक्खा



ईटहरी । युद्धमा प्रयाेग गरिने किरातीहरूकाे मौलिक हतियार धनुकाँड प्रयाेग गरि यस वर्षकाे उभौली साकेला पर्व ईटहरीमा सम्पन्न भएकाे छ ।


समापन गर्न अघि अतिथिहरुबाट धनुषकाँडले निसान प्रयाेग गरि उद्घाटन गरिएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि किरात राई यायाेक्खाका केन्द्रीय अध्यक्ष जीवन हताछाेले पहिचान पक्षलाई दबाउन आधुनिक हतियार प्रयाेग भएकाेमा दुःख व्यक्त गर्दै पहिचानवादिहरुले पनि मौलिक हतियार प्रयाेग गर्न बाध्य नपारियाेस् भन्दै प्रदेश सरकारलाई अनुराेध गरे ।


उनले काेशी प्रदेश पूर्वका किरातीकाे बिरासत नभई आयतित (शब्द) नाम भएकाेमा कुनै पनि हालतमा काेशी मान्य नरहने पनि जाेड दिए ।
विशिष्ट अतिथि पूर्व मुख्यमन्त्री राजेन्द्र राईले एकल जातीय नश्लियतवादका कारण काेशी नाम आएकाे बताउँदै पूर्वका पहिचानवादीहरुलाई बन्दुकले नभई बिचारले सम्वाद गर्नुपर्ने बताए ।


अर्का अतिथि गाेपाल किरातीले ८२ जना संसद र मुख्यमन्त्री हिक्मत कार्की पहिचानबादीहरुकाे बंकरमा परिसकेकाे बताउँदै साँस्कृतिक अान्दाेलनबाट तह लगाउने दिन अाएकाे बताए ।


यायाेक्खा प्रदेश १ का अध्यक्ष पारसमणी राईकाे सभापतित्वमा भएकाे उभौली समापन कार्यक्रममा विभिन्न जिल्ला र प्रासका साकेला टाेलीहरुकाे सहभागिता रहेकाे थियो ।