फिदिम–१ मा कांग्रेसको वडा अधिवेशन, सभापतिसहित सबै सर्वसम्मत



अजेन्द्र वाईबा तामाङ
असोज ४, आइतबार, फिदिम, पाँचथर। नेपाली कांग्रेस फिदिम नगरपालिका–१ वडा कार्यसमितिको अधिवेशनबाट कृष्णप्रसाद मिश्र सभापतिमा सर्वसम्मत चयन भएका छन्।

पाँचथर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस पाँचथरका जिल्ला सभापति रूपनारायण जबेगूको प्रमुख आतिथ्यता रहेको थियो। अधिवेशनले वडा कार्यसमितिका पदाधिकारी, सदस्य तथा विभिन्न समूहअन्तर्गतका क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबाट ज्ञानेन्द्र मैनाली र सीता काफ्ले अधिकारी उपसभापति, कुमार ओझा सचिव तथा खड्गराज तामाङ सहसचिवमा चयन भएका छन्। वडा कार्यसमिति सदस्यमा बेदमाया गुरुङ, मेनुका रिजाल मैनाली, मिहाङ्ग नेम्बाङ्ग, नुवाहाङ्ग नेम्बाङ्ग, प्रेमबहादुर दर्जी, केशर हाङ्ग नेम्बाङ्ग, तुलसी बुढाथोकी र सरद नेम्बाङ्ग चयन भएका छन्।

त्यस्तै, खुला क्षेत्रीय प्रतिनिधितर्फ दिपक नेपाल, रमेश भगत प्रधानाङ्ग, सुबराज थापा, नरेन्द्रप्रसाद अधिकारी, केशव नेम्बाङ्ग, सन्तोष मोक्तान, मचिन्द्र रिजाल, अविनाश भट्टराई, होम थापा, कमल बास्कोटा र कृष्ण ओझा चयन भएका छन्। खुला महिलातर्फ विमला हाङसरुम्बा, दिलकुमारी घिमिरे ओझा, सरिता अधिकारी, साम्रथी नेम्बाङ्ग, कृष्णमाया न्यौपाने, टीका श्रेष्ठ र अनुषा विक चयन भएका छन्। पेशागत/विषय विज्ञतर्फ राजकुमार आङ्देम्बे तथा युवा महिलातर्फ कविता रिजाल अधिकारी चयन भएकी छन्। युवातर्फ कल्पना थापा क्षेत्री, अम्बिका बुढाथोकी, नुवाहाङ नेम्बाङ्ग र शैलेन श्रेष्ठ चयन भएका छन्। दलिततर्फ धनबहादुर सुन्दास, द्वन्द्व प्रभावित/सेनानीतर्फ तीर्थ मिश्र र चूडामणि चापागाईं तथा श्रमिकतर्फ निरानन्द आचार्य क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्। समानुपातिकतर्फ दलितबाट मिलन विश्वकर्मा, खस आर्यबाट ताराप्रसाद भट्टराई र मुक्ति निरौला तथा जनजातितर्फ याम श्रेष्ठ, भवेन्द्र मोक्तान, किशोर तामाङ, खड्ग थापा, केशर हाङ्ग नेम्बाङ्ग, अर्जुन नेम्बाङ्ग, भीम तुम्बापो, गणेश थेबे र उमेश श्रेष्ठ चयन भएका छन् भने खुलातर्फ दुर्गाप्रसाद बास्कोटा थप चयन भएका छन्।

अधिवेशनबाट वडा सभापतिसहित सम्पूर्ण पदाधिकारी, सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएपछि फिदिम–१ मा नेपाली कांग्रेसको वडा संगठनले नयाँ नेतृत्व पाएको छ।