झापा । किरात राई पत्रकार संघ झापाको अध्यक्षमा रविकिरण राई चयन भएका छन्। सोमबार बिर्तामोडमा सम्पन्न संघको छैटौँ जिल्ला अधिवेशनले रविकिरणको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो।
नवनिर्वाचित समितिको उपाध्यक्षमा भारती राई, सचिवमा सजन राई, सह–सचिवमा निरन साङपाङ र कोषाध्यक्षमा सेमिका राई चयन भएका छन्। सदस्यहरूमा किशोर राई, दिपसन राई, सुम्निमा राई रहेका छन्।
किरात राई पत्रकार संघ झापाका अध्यक्ष राजन साम्पाङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संघका केन्द्रीय सल्लाहकार सदस्य रमेश समर्दशीको प्रमुख आतिथ्यता रहेको थियो। अधिवेशनमा किरात राई पत्रकार संघका केन्द्रीय सल्लाहकार दिपिन राई, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाका उपाध्यक्ष तिलक योन्जन तामाङ तथा किरात राई पत्रकार संघ झापाका पूर्वअध्यक्ष अनिलदेव राईलगायतको उपस्थिति रहेको थियो।


