किरात राई युवा संघ झापाको अध्यक्षमा प्रभात मुकारुङ निर्वाचित



बिर्तामोड। किरात राई युवा संघ झापाको प्रथम जिल्ला सम्मेलनबाट प्रभात मुकारुङ राईको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति चयन भएको छ।

शनिबार बिर्तामोडस्थित किरात भवनमा आयोजित सम्मेलनले मुकारुङको नेतृत्वमा नयाँ जिल्ला समिति गठन गरेको हो। सम्मेलनको उद्घाटन प्रमुख अतिथि किरात राई यायोक्खा झापाका अध्यक्ष गणेशबहादुर राईले सुप्तुलुङ (चुला) मा आगो बालेर गरेका थिए । कार्यक्रमको अध्यक्षता किरात राई युवा संघका केन्द्रीय अध्यक्ष जोन खालिङले गरेका थिए।

नवगठित समितिको उपाध्यक्षमा दिलमान राई, सचिवमा विजय राई, सहसचिवमा अशोक राई र कोषाध्यक्षमा सुम्निमा राई चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा विकास राई, मौसम राई, हर्कबहादुर राई, विशाल राई, अञ्जना राई, किवाहाङ राई, अनामिका राई, सौर्य राई, अर्किट राई, नवराज राई, रञ्जित राई, मनिहाङ राई र शुक्राज राई चयन भएका छन्।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय अध्यक्ष जोन खालिङले पद तथा गोपनीयताको शपथ गराएका थिए। कार्यक्रममा किरात राई यायोक्खा झापा जिल्ला समितिका उपाध्यक्ष चिजा राई, सचिव गौरिमान राई, सहसचिव धनकुमार राई तथा सदस्यहरू बेनु राई, बिमला राई र अर्जुन राईको उपस्थिति रहेको थियो। त्यसैगरी यायोक्खाका पूर्वसल्लाहकारहरू दिपेन बाला राई, समरकुमार राई र नीरबहादुर राई, नेपाल उद्योग वाणिज्य संघ झापाका कार्यवाहक अध्यक्ष तथा युवा समाजसेवी राजकुमार राईलगायत अतिथिहरुको उपस्तिथि रहेको थियो। त्यस्तै कार्यक्रममा जिल्लाका १५ वटै पालिकाबाट आएका प्रतिनिधि तथा सहभागीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको औपचारिक उद्घाटनपछि किरात राई यायोक्खा झापाका जिल्ला सचिव गौरिमान राईले किरात राई यायोक्खाको ऐतिहासिक पृष्ठभूमि, यसको महत्व तथा किरात राई युवा संघको उद्देश्य र औचित्यबारे प्रकाश पारेका थिए। सम्मेलनमा यायोक्खा बुद्धशान्ति गाउँसमितिका अध्यक्ष राजेन्द्र राई, राजकुमार राई र दिपेन बाला राईलगायत अतिथिहरूले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा अयुप राईले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन युवा संघका केन्द्रीय उपमहासचिव धिरेन खिम्बुले राईले गरेका थिए।