बझाङq, असार ५
धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएका सुदूर पश्चिमका कानुन मन्त्री पृथ्वी बहादुर सिंह दम्पत्ती सहित तीन जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय सिंह सहित उनकी पत्नी ५० वर्षीया अमृता सिंह र ६५ वर्षीया भाउजु जया देवी सिंह रहेकी छन् ।
गाडी दुर्घटनामा परेपछि मन्त्री सिहं सहित घाइतेहरुलाई कोहलपुर मेडिकल कलेजमा उपचारको लागी लगिएको थियो भने उनकी पत्नी अमृता र भाउजु जयालाई मृत्यु भै सकेको घोषणा गरेको थियो।
मन्त्री सहित पाँच जना सवार गाडी केदारस्यूँ गाँउपालिका–१ झारछडामा दुर्घटना भएको थियो ।
गाडीका चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीका सुरक्षा गार्ड दीपक भण्डारी समेत घाईते भएका छन् । चालक जोशीको अवस्था मध्यम र प्रहरी सहायक हवल्दार भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाका अनुसार देउरा र बागथलाको सडक खण्डबाट करीव ५० मिटर तल खस्दा मन्त्री सिंह चढेको गाडी कच्याककुचुक भएको थियो । सुरक्षा स्रोतका अनुसार मन्त्री सहित तीनै जनाको घट्नास्थलमै मृत्यु भईसकेको थियो ।
प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई पनि सिहं दुर्घटना भएको जानकारी पाउन साथ प्रदेश सरकारले आफ्ना तर्फ गर्नुपर्ने अन्तिम कोसिस गरेता पनि मन्त्री सिहं लाई बचाउन सकेन । सिंहलाई कोहलपुर मेडिकल कलेज लगिएको थियो , जहाँ चिकित्सकले सिंहको मृत्यु भईसकेको घोषणा गर्यो।