नेकपा एमाले का संसदीय दलका नेता हिक्मतकुमार कार्की र राप्रपाका नेता भक्ति सिटौला ले सभामुखलाई जोडेर मुख्यमन्त्री नियुक्त नगर्न कोशी प्रदेश प्रमुखलाई बिहीबार ध्यानाकर्षण गराएको छ ।

कामचलाउ मुख्यमन्त्री ले सभामुखलाई गणना नगर्दा नयाँ सरकार सदस्य संख्याको बहुमत संख्या ४७ नपुग्ने तर सभामुखलाई गणना गरी बहुमत पुर्याउन खोजेको प्रति गम्भीर ध्यानकर्षण भएको पत्र प्रदेश प्रमुखलाई बुझाएको हो।
सभाको पहिलो बैठक २०७९ साल पौष २८ गते सभामुख बाबुराम गौतमले सभामुख पदमा आसिन हुँदै गर्दा , हालसम्म रहेको दलसँगको आबद्धता यो सभामुख पदको भूमिका निर्वाह गर्ने कार्यकालसम्म अलग भएको सभासमक्ष घोषणा गरे बमोजिम उहाँले माओवादी केन्द्र संसदीय दलको सदस्यता परित्याग गरेको कुरा विवादरहित छ, उक्त पत्रमा भनिएको छ।

तर गठबन्धन दलले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष कांग्रेस नेता उद्धव थापाको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेस गर्ने भएको छ ।

दावी पेस गर्नका लागि नेता थापालगायतका प्रदेश सांसदहरू काठमाडौंबाट विराटनगर फर्केका छन् । थापाले गठबन्धन दलको समर्थनमा सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दावी पेस गर्न जाने बताएका छन् । प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा नियुक्ति पाइसकेपछि गठबन्धन दलमा छलफल गरेर मन्त्रिमण्डल गठन गर्ने र त्यसपछि सपथ ग्रहण गर्ने उनले बताए ।

प्रदेशसभामा गठबन्धन दल मा कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी एक गरी प्रदेश सांसदको समर्थन मा ४७ सांसद रहेकोले नयाँ सरकार गठनका लागि दावी पेस गर्ने भएका छन् ।


